काठमाडौँ । हालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ७२ निर्वाचन क्षेत्रमा विजयी हुने परिणाम देखिएको छ भने थप ५० क्षेत्रमा उसले अग्रता कायम गरेको छ।
प्रत्यक्षतर्फको कुल १६५ निर्वाचन क्षेत्रमध्ये पार्टीले करिब १२० सिटभन्दा बढीमा जीत हासिल गर्ने सम्भावना देखिएको छ।
हालसम्मको मतपरिणामअनुसार कर्णाली प्रदेश बाहेक अन्य सबै प्रदेशमा रास्वपाले उच्च मत प्राप्त गरेको देखिएको छ।







