वीरगन्ज (पर्सा) । पर्सा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रामाकान्त चौरसिया प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।
बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम अनुसार उनले २९ हजार ६७९ मत प्राप्त गरेका थिए । निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले १६ हजार ३६६ मत ल्याए। त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार रूपेशकुमार पाण्डेले ११ हजार ९१४ मत ल्याए भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार छोटेलालप्रसाद यादवले दुई हजार १३७ मत ल्याए
पर्सा–३ बाट २३ उम्मेदवारले उम्मेदवारी दिएका थिए । यहाँ नौ जना स्वतन्त्र उम्मेदवार र १४ जना दलीय उम्मेदवार छन् ।पर्सा–३ मा कुल मतदाता ९६ हजार ५४२ जनामध्ये प्रत्यक्षतर्फ ६७ हजार ५०४ मत खसेको छ ।







