काठमाडौँ । इलाम–२ का निर्वाचित नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले नीति, संगठन, संरचना र कार्यशैलीमा रहेका त्रुटिलाई जनअपेक्षा अनुरूप परिमार्जन गर्दै पार्टी र आन्दोलनलाई नयाँ उचाइबाट पुनर्गठित गर्नुको विकल्प नभएको बताएका छन् ।
मतदाता र आम इलामबासीलाई आभार प्रकट गर्दै उनले देशभरको जनमतसँग अवगत गराएका छन् ।
उनले भनेका छन, ‘हाम्रो पार्टी र आन्दोलनप्रति विगतमा आम जनसमुदायले प्रकट गरेको असाधारण स्नेह र अभूतपूर्व विश्वासको गौरवमय इतिहास हुँदाहुँदै वर्तमान समयमा उठिरहेका प्रश्न, गरिएका आलोचना र व्यक्त भएका खबरदारीप्रति पनि उत्तिकै जानकार छु ।’
उनले इलाम र देशबासीका लागि सधैँ क्रियाशील रहने प्रतविद्धता दोहोर्याएका छन् ।







