काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगले खारेज गरेको धनुषा-१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले आयोगलाई सात दिनभित्र लिखित जवाफ दिन आदेश दिएको हो।
कालोसूचीमा परेको उजुरीपछि आयोगले फागुन १८ मा उम्मेदवारी खारेज गरेको थियो। मतगणना सकिए पनि मुद्दा विचाराधीन भएकाले परिणाम सार्वजनिक गरिएको छैन। अन्तरिम आदेश दिने विषयमा छलफलका लागि फागुन २९ गते पेसी तोकिएको छ।
अदालतको आदेशमा उल्लेख भएअनुसार निर्वाचन आयोगले यसअघि नै ०८२ फागुन २४ को पत्रमार्फत सम्बन्धित निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मत परिणाम घोषणा नगर्नू/नगराउनू भनी निर्देशन दिइसकेको देखिएकाले हाललाई मत परिणाम घोषणा स्थगनकै अवस्थामा रहेको छ ।








