काठमाडौँ । पाल्पामा २४ जना उम्मेदवारको जमानत जफत भएको छ । पाल्पा क्षेत्र नं. १ मा उम्मेदवारी दिएका १४ मध्ये ३ जनाले जमानत जोगाएका छन्।
११ जना उम्मेदवारको जमानत जफत भएको छ। पाल्पा १ मा नेपाली काँग्रेसका उम्मेदवार सन्दीप राना, नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल पन्तले मात्र जमानत जोगाए ।
यस्तै पाल्पा क्षेत्र नं. २ मा पनि ३ जना उम्मेदवारले मात्र जमानत बचाएका छन् भने १३ जना उम्मेदवारको जमानत जफत भएको छ। रा
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा। माधव थापा, काँग्रेसका उम्मेदवार हिमालदत्त श्रेष्ठ र नेकपा एमालेका उम्मेदवार ठाकुर प्रसाद गैरेले मात्र जमानत बचाए भने अन्य १३ उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ ।







