२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्धन अभावले क्युबामा मानवीय संकट गहिरिँदै, स्वास्थ्य सेवा गम्भीर प्रभावित

अ+ अ-

संयुक्त राष्ट्रसंघ । क्युबामा बढ्दो इन्धन अभावका कारण देश गम्भीर मानवीय संकटतर्फ धकेलिएको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफान दुजारिकका अनुसार इन्धन आयात गर्न नसक्दा क्युबामा ऊर्जा संकट बढ्दै गएको छ, जसले स्वास्थ्य सेवा लगायतका आधारभूत सेवाहरूलाई गम्भीर रूपमा प्रभावित बनाएको छ ।

संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयका अनुसार अस्पतालहरूमा बारम्बार विद्युत् कटौती, अत्यावश्यक औषधिको अभाव तथा महत्त्वपूर्ण चिकित्सा उपकरण सञ्चालनमा समस्या देखिएको छ । क्यान्सर उपचार, डायलिसिस सेवा, आकस्मिक उपचार, शिशु तथा मातृ स्वास्थ्य सेवा समेत प्रभावित भएका छन् ।

विद्युत् र स्रोतको अभावका कारण करिब १६ हजार क्यान्सर बिरामीलाई रेडियोथेरापी तथा १२ हजारभन्दा बढी बिरामीलाई केमोथेरापी उपचार उपलब्ध गराउन कठिन भएको जनाइएको छ । एम्बुलेन्समा इन्धन अभाव हुँदा आकस्मिक उपचारमा ढिलाइ भइरहेको छ ।

त्यसैगरी, झण्डै १० लाख मानिस ट्याङ्करबाट ल्याइने पानीमा निर्भर रहेको र पानी पम्प गर्ने अधिकांश प्रणाली विद्युत्मा आधारित भएकाले सेवा अवरुद्ध भइरहेको बताइएको छ । खाद्य आपूर्ति प्रणाली पनि प्रभावित भएको छ । उत्पादनदेखि भण्डारण र वितरणसम्मको प्रक्रियामा समस्या देखिएकाले देशभर आधारभूत खाद्य वस्तुको उपलब्धता घट्दै गएको जनाइएको छ ।

संयुक्त राष्ट्रसंघले सदस्य राष्ट्रहरूसँग सहकार्य गर्दै क्युबामा मानवीय सहायता पुर्‍याउने प्रयास भइरहेको जनाएको छ ।