काठमाडौँ । स्याङ्जाको बिरुवा गाउँपालिकाले आज शोक बिदा दिएको छ । वडा–८ का वडाध्यक्ष नवीनकुमार आलेको निधनका कारण पालिकाले शोक बिदा दिने निर्णय गरेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायद्वारा जारी सूचनामा गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्थामा बिहीबार शोक बिदा दिएको उल्लेख छ।
आलेको पोखरास्थित आस्था अस्पतालमा उपचारका क्रममा बुधबार बिहान निधन भएको थियो । केही दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
२०७९ सालको निर्वाचनमा सोही वडामा एमालेका तर्फबाट निर्वाचित उनी नेकपा एमाले बिरुवा गाउँ कमिटी पूर्व उपसचिव पनि हुन ।








