२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहनगरमा प्रधान न्यायाधीश राउतलाई अभिनन्दन

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतलाई कटारी नगरपालिकामा अभिनन्दन गरिएको छ । 

कटारी-४ स्थित त्रिवेणी माविको ५८औँ वार्षिकोत्सवका अवसरमा आज प्रधानन्यायाधीश राउतलाई अभिनन्दन गरिएको हो ।

वार्षिकोत्सवका अवसरमा आयोजित बृहत् कार्यक्रमका बीच प्रधान न्यायाधीश राउतलाई विद्यालय परिवारले अभिनन्दन गरेको हो ।

दोसल्ला र अभिनन्दन पत्रले अभिनन्दित भएपछि प्रमुख अतिथि राउतले आफू जहिले पनि यो विद्यालय आसपास रहेको स्मरण गरे ।

वार्षिकोत्सवका अवसरमा विद्यालयका एक मात्र जीवित संस्थापक सेक्रेटरी (सचिव) राउतकै पिता बलबहादुर राउत, पूर्वप्रधानाध्यापक राजेन्द्रप्रसाद निरौला, पूर्वशिक्षक रामकुमार दाहाल (शास्त्री सर), इन्द्रनारायण गोइत (आइएनजी सर)लाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रमकै अवसरमा प्रमुख अतिथि राउत, विशेष अतिथि कटारीका नगरप्रमुख राजेशचन्द्र श्रेष्ठलगायतले विद्यालयले प्रकाशन गरेको स्मारिका विमोचन गरेका थिए । कार्यक्रममा नगरप्रमुख श्रेष्ठले यस विद्यालयको हरेक सफलतामा नगरपालिकाले साथ दिएको र विद्यालयका विद्यार्थीहरूले पनि हरेक विधामा सफलता प्राप्त गरेको बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वालकृष्ण कार्कीले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै अझ थप भौतिक संरचना आवश्यक रहेको बताए । कार्यक्रमका अवसरमा विद्यालयमा कार्यरत प्राथमिक तहका शिक्षिका अम्बिका राई उत्कृष्ट वर्ष शिक्षकको रूपमा सम्मानित भए भने अन्य विधामा खेलकुदतर्फ शिक्षक आयुस कार्कीलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।