२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : बालानन्द शर्मा

अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र अनुभव मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्नेमा जोड दिएका छन्

गैरआवासीय नेपाली संघको १२औँ विश्व सम्मेलनको आज यहाँ शुभारम्भ गर्दै उनले र प्रवासी नेपालीलाई मुलुकको आर्थिक, सामाजिक विकासमा साझेदार हुन आह्वान गरे ।

प्रविधिका कारण विकास तीव्र रुपमा अगाडि बढिरहेको बताउँदै उनले अन्तरराष्ट्रिय तहमा शक्ति सन्तुलनमा फेरबदल आएकाले देशको भूराजनीतिक सम्बन्ध तथा सौम्य शक्ति वृद्धि गर्न संघले सेतुको काम गर्नुपर्नेमा जोड दिए ।

नेपालका सांस्कृतिक दूतका रुपमा गैरआवासीय नेपालीले पारस्परिक विश्वास अगाडि बढाएर नेपाली माटोमा योगदान पुर्‍याउने विचार व्यक्त गर्दै उनले संघको संरक्षण तथा प्रवर्द्धनका लागि सरकारले आवश्यक ऐन परिमार्जन गर्ने जानकारी दिए।

फरक प्रसंगमा उनले अन्तरराष्ट्रिय तहमा भएका द्वन्द्वका कारण त्यहाँस्थित नेपालीको सुरक्षाप्रति सरकार संवेदनशील रहेको बताउँदै आपतकालीन अवस्थामा उनीहरुलाई सहयोगका लागि परराष्ट्र मन्त्रालयका साथै सम्बन्धित मुलुकस्थित नेपाली नियोगमार्फत उद्धार उडान पनि सञ्चालन गरेको जानकारी दिए ।

संघका कार्यकारी अध्यक्ष बद्री केसीले नेपालमा लगानी भित्र्याउनेतर्फ आफूहरू क्रियाशील रहेको बताउँदै गैरआवासीय नेपालीको अधिकार संरक्षण गर्न संस्था प्रतिबद्ध रहेको बताए ।