२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन्।

निर्वाचन आचारसंहिता सकिए लगत्तै प्रधानमन्त्री तथा कोषकी संरक्षक सुशीला कार्कीले उनलाई कोषको सञ्चालक समितिको अध्यक्षमा मनोनीत गरेकी हुन्। यद्यपि, यो निर्णयबारे जानकारी भने आज मात्रै सार्वजनिक भएको प्रशासन सिंहदरबार स्रोतले जनाएको छ।

श्रेष्ठ आगामी पाँच वर्षका लागि उक्त पदमा कार्यरत रहनेछन्। यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले राजीनामा दिएपछि रिक्त रहेको पदमा सिन्धुलीका श्रेष्ठलाई मनोनीत गरिएको हो। राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ अनुसार कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले अध्यक्ष मनोनयन गर्ने व्यवस्था छ।

श्रेष्ठ यसअघि प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव थिए। प्रधानमन्त्रीको सचिवालयमा आफ्नी पत्नी र नातेदारलाई नियुक्त गराएको विषय सार्वजनिक भएपछि सचिवालयमा गरिएका सबै नियुक्ति खारेज गरिएको थियो।

यसैबीच, पूर्व प्रमुख स्वकीय सचिवलाई कोषको अध्यक्षमा मनोनीत गरिएको विषयलाई लिएर प्रधानमन्त्री कार्कीको आलोचना सुरु भएको छ। यद्यपि, यसबारे सम्बन्धित निकायबाट आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन, र जिम्मेवार पक्षहरू बोल्न इच्छुक देखिएका छैनन्।