२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अचार बिक्री गरेर मासिक रु २५ हजार बढी आम्दानी

अ+ अ-

घोराही (दाङ) । लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार व्यवसाय हो । उनी अहिले अचार बिक्रीका लागि घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा आएकी छन् । यही आफ्नो मुख्य पेसा भएका कारण जिल्लामा सञ्चालन हुने विभिन्न मेला महोत्सवमा जाने गरेको उनी बताउँछिन्। आयआर्जनको राम्रो स्रोत भएका कारण अचार व्यवसायलाई विगत १३ वर्षदेखि निरन्तरता दिँदै आएको उनको भनाइ छ ।

उनले तामा, हरियो खुर्सानी, करेला, मेथी, आँपलगायतका अचार उत्पादन गरेर बिक्री गर्न व्यस्त छिन् । अघिपछि भन्दा चाडपर्व र मेला, महोत्सवमा राम्रो बिक्री हुने उनले बताईन् । “सबैभन्दा आँपको अचार बिक्री हुन्छ”, उनले भनिन्, “यस व्यसायबाट मासिक रु २५ हजार बढी आम्दानी गर्दै आएको छु ।” सुरुमा स्वान नेपाल भन्ने संस्थाबाट तालिम लिएर व्यावसायिक रूपमा अचार बनाएर बिक्री गर्दै आएको आशारानी बताउँछिन् ।

उनले भनिन्, “अचारअनुसार किलोलाई रु २५० देखि ५०० सम्म बिक्री गर्दै आएको छु”, आफूले अचार उत्पादन गरेर बिक्री गर्ने र स्थानीय तहले महिलाका लागि सञ्चालन गरेको तालिममा प्रशिक्षक भएरसमेत जाने गरेको उनको अनुभव छ ।

धेरै महिलाले यससम्बन्धी तालिम लिए पनि उत्पादन गरेर बिक्री गर्न समस्या हुने उनी बताउँछन् । उमेरले ४० वर्ष पुगेकी उनलाई परिवारको राम्रो साथ मिलेको छ । उनी पूर्व मुक्तकम्लरीसमेत हुन् । आफ्नै व्यवसायमा जोडिएर आयआर्जन गर्न पाउँदा खुसी लागेको उनले बताताईन् । लाजाजुनी पूर्व मुक्तकम्लरी अचार उद्योगमार्फत सञ्चालन गरेर अचार व्यवसायका लागि आँप एक वर्षका लागि पहिले नै मौज्दात राख्ने गरेको उनी बताउँछिन् ।

महिला उद्यमीको सीपलाई स्थानीय सरकारले पनि उत्पादित वस्तुको बजारीकरणका लागि पहल गर्न आवश्यक रहेको उनले बताईन्। अन्य महिलाले व्यावसायिक रूपमा अचार उद्योग सञ्चालन गर्ने मन भए पनि आर्थिक समस्याका कारण पछि पर्ने गरेको आशारानीको भनाई छ ।

महिलालाई आर्थिक रूपमा सशक्त बनाउन सीपमा जोड्न आवश्यक रहेको उनको भनाइ छ । आफ्नै गाउँघरमा उत्पादन भएको अचार प्रयोग गर्न आमनागरिकलाई उनको सुझाव छ । “हामीले कुनै केमिकल प्रयोग गर्दैनौँ, हामीले उत्पादन गर्ने अचार राम्रो हुन्छ”, उनले भनिन् । पछिल्लो समय मेला महोत्सवमा ग्राहकको मुख्य रोजाइ मिक्स अचार हुने गरेको छ ।