२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सरकारका एक सय दिनमा महत्त्वपूर्ण उपलब्धि भएको मुख्यमन्त्री यादवको दाबी 

अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफूले प्रदेश सरकारको नेतृत्व सम्हालेको एक सय दिनमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन् । 

एक सय दिनमा भएका उपलब्धि सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले छोटो अवधिमै सरकार जनताको आवश्यकता र अपेक्षाअनुसार काम गर्न सफल भएको बताएका हुन् ।

मुख्यमन्त्री यादवले  शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास तथा सुशासनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको दाबी गरे । “स्वास्थ्य क्षेत्रतर्फ अस्पतालको स्तरोन्नति, आवश्यक जनशक्ति व्यवस्थापन तथा औषधिको सहज आपूर्ति सुनिश्चित गरिएको छ । शिक्षा क्षेत्रमा विद्यालय सुधार, शिक्षक व्यवस्थापन तथा प्राविधिक शिक्षामा पहुँच विस्तार गरिएको छ”, उनले भने,“कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै किसानलाई अनुदान, मल–बीउको उपलब्धता तथा सिँचाइ प्रणाली सुधारमा पनि महत्त्वूर्ण काम भएका छन् । पूर्वाधार विकासअन्तर्गत सडक, पुल तथा खानेपानी आयोजनाहरूलाई तीव्रता दिइएको छ ।”

मुख्यमन्त्री यादवले सुशासन र पारदर्शीतालाई प्राथमिकता दिँदै सेवा प्रवाहलाई सरल बनाउनुका साथै डिजिटल प्रणालीको प्रयोग विस्तार गरिएको बताए । साथै, बेरोजगारी न्यूनीकरणका लागि सीपमूलक तालिम तथा रोजगारी सिर्जना कार्यक्रम सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । 

मुख्यमन्त्री यादवले आगामी दिनमा थप प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।