२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली मूलका नागरिकलाई नेपाली पहिचान दिन माग

अ+ अ-

काठमाडौँ । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले विश्वभरका नेपाली मूलका नेपालीलाई नेपालसँग जोड्न र नेपालीको पहिचानसहितको परिचयपत्रको व्यवस्था गर्न माग गरेको छ । 

परराष्ट्र मन्त्री बालानन्द शर्मालाई आज भेटेर एएनओको प्रतिनिधिमण्डलले सो माग गरेको हो । एएनओका अन्तरराष्ट्रिय अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्ष सुशील पन्त, महासचिव चूडामणि भट्टराई, नेपाल च्याप्टरका अध्यक्ष कृष्णप्रसाद सापकोटा लगायतको प्रतिनिधिमण्डलले मन्त्री शर्मालाई उक्त मागपत्र बुझाएको हो । 

सो पत्रमा पुस्तौँदेखि विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिकलाई परिचय पत्रको व्यवस्था गर्न एवं त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन कक्षमा ‘नेपाली ओरिजन’ का लागि छुट्टै डेस्क राख्न पनि माग गरिएको छ ।

साथै पूर्वी नेपालका विभिन्न शिविरमा बाँकी रहेका झण्डै सात हजारको सङ्ख्याका भुटानी शरणार्थीको मानवअधिकारको रक्षा गरी मानवीय दृष्टिकोणबाट उचित व्यवस्थापन गर्न माग गरिएको एएनओले विज्ञप्तिमार्फत जनाएको छ । 

त्यस अवसरमा मन्त्री शर्माले एएनओका मागहरू नेपालकै पहिचानको विस्तारलाई सघाउने प्रकृतिका रहेकाले यसलाई नेपाल सरकारले गम्भीर रूपमा लिने धारणा राखेका छन् । उनले आफू सैनिक सेवामा रहँदा पुस्तौँअघि बाहिरिएका नेपाली मूलका मानिसहरू भेट्ने अवसर पाएको अनुभव सुनाउँदै उनीहरूलाई पुर्ख्यौली देशसँग जोड्ने सार्थक अभियान अघि बढ्ने विश्वास व्यक्त गरे । 

एएनओका अन्तरराष्ट्रिय अध्यक्ष अधिकारीले विश्वमा रहेका नेपाली जातिका नागरिकप्रति नेपाल सरकार सहयोगी बनेमा उनीहरूको ज्ञान, सीप र ठूलोमात्रामा लगानी नेपालमा भित्र्याउन सकिने बताए । 

एएनओका उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता सुशील कुमार पन्त र महासचिव चूडामणि भट्टराईले नेपाली मन र नेपालीपनलाई जोड्दै एएनओ अघि बढेको जानकारी दिँदै सरकारले यस विषयलाई राष्ट्र हितका पक्षमा विचार गर्न आग्रह गरेका छन् ।