काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले वर्तमान परिस्थितिसम्बन्धी विषयमा पूर्व प्रधान सेनापतिहरूसँग परामर्शात्मक छलफल गरेका छन्।
नेपाली सेना अन्तर्गतको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार जंगीअड्डास्थित सैनिक मुख्यालयमा मंगलबार आयोजित उक्त कार्यक्रममा पूर्व प्रधान सेनापतिहरू प्यारजंग थापा, गौरवशम्शेर राणा, राजेन्द्र क्षत्री, पूर्णचन्द्र थापा तथा प्रभुराम शर्मा सहभागी थिए।
उक्त भेटघाटमा वर्तमान राष्ट्रिय तथा सुरक्षासम्बन्धी अवस्थाका विविध पक्षबारे विचार-विमर्श र अन्तरक्रिया गरिएको जनाइएको छ।







