२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एलपी ग्यास अभावबीच विद्युतीय चुलो आयातमा वृद्धि, इन्डक्सनप्रति उपभोक्ताको झुकाव उच्च

अ+ अ-

काठमाडौँ  । खाना पकाउने एलपी ग्यास आपूर्तिमा देखिएको दबाबका कारण उपभोक्ताहरू वैकल्पिक ऊर्जामा आधारित चुलोतर्फ आकर्षित हुँदै गएको देखिएको छ। यससँगै विद्युतीय चुलोको आयात उल्लेख्य रूपमा बढेको छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा (साउनदेखि फागुन मसान्तसम्म) कुल १ लाख ४७ हजार ८ सय ६४ थान विद्युतीय चुलो नेपाल भित्रिएका छन्।

आयातित चुलोमध्ये सबैभन्दा बढी हिस्सा इन्डक्सन चुलोले ओगटेको छ। सो अवधिमा १ लाख ४ हजार ७ सय १७ थान इन्डक्सन चुलो आयात भएको तथ्यांकले देखाउँछ।

त्यस्तै, इन्फ्रारेड प्रविधिका चुलोको आयात पनि उल्लेख्य रहेको छ। समीक्षा अवधिमा ४२ हजार २ सय १८ थान इन्फ्रारेड चुलो भित्रिएको छ भने अन्य प्रकारका विद्युतीय चुलो भने ९ सय २९ थान मात्र आयात भएका छन्।

आर्थिक पक्षलाई हेर्दा, विद्युतीय चुलो आयातका लागि ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिएको छ। आठ महिनामा आयात भएका यी चुलोहरूको कुल मूल्य करिब ३० करोड ४१ लाख १२ हजार रुपैयाँ बराबर रहेको छ।

प्रकारगत रूपमा हेर्दा इन्डक्सन चुलोको आयात मूल्य मात्र २२ करोड २७ लाख ४ हजार रुपैयाँ पुगेको छ भने इन्फ्रारेड चुलोको मूल्य ७ करोड ६७ लाख ७ हजार रुपैयाँ रहेको छ। यसैबीच, यी वस्तुहरूको आयातबाट सरकारले करिब ४ करोड ३३ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागले जनाएको छ।