२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यपूर्व क्षेत्रीय संयोजकमा रमेश श्रेष्ठ पुनः चयन

अ+ अ-

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) अन्तर्गत २०२६-२०२८ कार्यकालका लागि मध्यपूर्व क्षेत्रीय संयोजक पदमा युएईमा क्रियाशील रमेश श्रेष्ठ पुनः चयन भएका छन्।

दीर्घकालदेखि युएईसहित मध्यपूर्व क्षेत्रमा व्यावसायिक र सामाजिक गतिविधिमा संलग्न श्रेष्ठलाई संगठनभित्र अनुभवी तथा परिणाममुखी नेतृत्वका रूपमा हेरिँदै आएको छ। उनी जिसिडी समूहका अध्यक्ष समेत हुन्।

संगठनमा उनको सहभागिता साधारण सदस्यबाट सुरु भई एनसीसी युएईको अध्यक्ष, त्यसपछि क्षेत्रीय समन्वय संरचनामार्फत अन्तर्राष्ट्रिय तहसम्म विस्तार भएको देखिन्छ।

निर्वाचनपछि सार्वजनिक गरिएको धारणा अनुसार उनले मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको अधिकार, सुरक्षा र हित संरक्षणलाई प्राथमिकतामा राख्ने बताएका छन्। साथै, हाल क्षेत्रीय अस्थिरताबाट प्रभावित कामदारलाई लक्षित गर्दै तत्काल उद्धार, राहत तथा सहयोग सुनिश्चित गर्न आपतकालीन राहत कोष स्थापना गर्ने योजना अघि सारेका छन्।

उक्त कोषमार्फत दुर्घटना, स्वास्थ्य समस्या, कानुनी जटिलता वा अन्य संकटमा परेका नेपालीलाई छिटो तथा प्रभावकारी सहयोग उपलब्ध गराउने लक्ष्य राखिएको जनाइएको छ।