२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षा निकायको क्षमता अभिवृद्धिका लागि छिमेकी मुलुकसँग संयुक्त प्रशिक्षण र कूटनीतिक सुधारमा जोड

अ+ अ-

काठमाडौँ । जेन जेड आन्दोलन सम्बन्धी जाँचबुझ आयोगले देशका सुरक्षा निकायहरूको कार्यक्षमता सुदृढ बनाउन अन्तरदेशीय सहकार्यमा आधारित प्रशिक्षण आवश्यक रहेको निष्कर्षसहित सुझाव प्रस्तुत गरेको छ। आयोगले विशेष गरी छिमेकी मुलुकहरू भारत र चीनसँग समन्वय गरेर संयुक्त प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने धारणा अघि सारेको हो।

आयोगको प्रतिवेदनमा सुरक्षा निकायको दक्षता र व्यावसायिकता वृद्धि गर्न कूटनीतिक माध्यमबाट पहल अघि बढाउनुपर्ने उल्लेख छ। त्यसअन्तर्गत सम्बन्धित निकायहरूबीच सहकार्य विस्तार गर्दै प्रशिक्षण आदान–प्रदानलाई संस्थागत बनाउनुपर्ने सुझाव दिइएको छ।

यसैगरी, कूटनीतिक क्षेत्रको व्यवस्थापन सुधार गर्नुपर्ने आवश्यकता पनि प्रतिवेदनमा औँल्याइएको छ। कूटनीतिक नियोग तथा दूतावासमा नेतृत्व चयन गर्दा राजनीतिक भागबन्डा भन्दा पनि योग्यता, क्षमता र अनुभवलाई प्राथमिकता दिनुपर्ने धारणा आयोगले प्रस्तुत गरेको छ।

प्रतिवेदनअनुसार दूतावास तथा कूटनीतिक निकायहरूमा नियुक्ति गर्दा छनोट प्रक्रिया पारदर्शी र व्यावसायिक बनाइनुपर्ने सुझाव दिइएको छ। त्यसका लागि परराष्ट्र सम्बन्धी विज्ञहरूको सहभागिता वा कलेजियम प्रणालीमार्फत छनोट गर्ने अभ्यास अपनाउन सकिने उल्लेख छ। साथै, परराष्ट्र मन्त्रालयको सिफारिसको अनुपातलाई पनि निश्चित ढाँचामा व्यवस्थित गर्नुपर्ने प्रस्ताव गरिएको छ।

आयोगले समग्रमा कूटनीतिक संरचना सुधार र सुरक्षा निकायको क्षमता विकासलाई सँगसँगै अघि बढाउन सके मात्र राष्ट्रिय हितलाई थप प्रभावकारी रूपमा संरक्षण गर्न सकिने निष्कर्ष निकालेको छ।