२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँको मह विश्व बजारमा, किसान उत्साहित

अ+ अ-

दमौली (तनहुँ) । जिल्लामा उत्पादित मह अन्तरराष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् ।

यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा उत्पादित महको अन्तरराष्ट्रिय रूपमा बजारीकरण हुन थालेपछि यहाँका किसान उत्साहित हुनाका साथै मौरीपालनतर्फ थप आकर्षित हुन थालेका हुन् ।

सूर्य नेपाल प्रालिको हिमालयन ट्रेजरले यहाँ उत्पादित मह किसानसँग खरिद गरी बजारीकरण गर्न थालेको छ । प्रारम्भिक चरणमा दुई हजार १०० किलो मह प्रतिकिलो रु दुई हजारका दरले खरिद गरिएको छ ।

कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत किसानलाई कफीका बिरुवा वितरण गर्दै बहुआयामिक कृषि प्रणालीलाई प्रोत्साहन गरेपछि यसले किसानको आयस्रोत विविधीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

थप्रेकका किसान सुरज वाग्लेले आफूहरूले उत्पादन गरेको महले विश्वबजारमा प्रवेश पाएपछि निकै उत्साह थपिएको बताए । उनले भने, “हाम्रो उत्पादनले अन्तरराष्ट्रिय बजारमा प्रवेश पाउनु खुसीको कुरा हो । थप बजार विस्तार भएमा कृषकलाई यही पेसामा टिकिराख्न सहयोग पुग्नेछ ।”

वाग्लेका अनुसार यस ठाउँमा पाँच सयभन्दा बढी किसान मौरीपालनमा आबद्ध छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (यसअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना) अन्तर्गत सञ्चालित मौरीपालन कार्यक्रमले यस क्षेत्रमा व्यावसायिक मौरीपालन विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । सुरुमा १० जना किसानबाट सुरु भएको कार्यक्रम हाल पाँच सय जनामा पुगेको छ ।

वाग्लेसँग मात्र हाल २५ वटा मौरीघार छन् । आगामी दिनमा घारको सङ्ख्या दुई सयसम्म विस्तार गर्ने योजना रहेको उनले सुनाइन। “महको मूल्य र बजार दुवै राम्रो हुँदै गएको छ, त्यसैले थप लगानी गरेर उत्पादन बढाउने सोचमा छु” उनले भने ।

महको गुणस्तर सुनिश्चित गर्न सूर्य नेपाल प्रालिले प्रत्येक महिना विभिन्न फूलको स्रोतबाट संकलित महको परीक्षण गर्दै आएको छ । यस क्रममा कात्तिक महिनामा कटुस वनबाट संकलित मह उच्च गुणस्तरको देखिएको र विदेशी बजारका लागि उपयुक्त ठहरिएको जनाइएको छ ।

अगुवा किसान नन्दुथापा मगरले यहाँ उत्पादित मह विदेशमा बजारीकरण हुनु किसानका लागि ठूलो खुसीको कुरा भएको बताए । उनले भने, “यहाँ उत्पादित महको माग विदेशमा राम्रो छ । किसानको आम्दानीको मुख्य स्रोत नै मौरीपालन हो, हरेक घरमा मौरीका घार छन् । बजारीकरणले थप किसानलाई आकर्षित गर्नेछ ।”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं तनहुँ क्षेत्र नं १ का सांसद डा. स्वर्णिम वाग्लेले तनहुँमा उत्पादन भएको ‘कटुस’ महलाई अन्तरराष्ट्रिय बजारमा पुगेको उल्लेख गर्दै यसलाई नेपालको आर्थिक सम्भावनाको महत्त्वपूर्ण उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उक्त मह ‘मरानी चेष्टनट हनी’ ब्रान्डमा विश्वबजारमा बिक्री सुरु भएको जानकारी दिँदै नेपाली उत्पादनलाई उच्च मूल्यमा विश्वस्तरमा स्थापित गर्न सकिने सम्भावना उजागर भएको बताए ।

वाग्लेले नेपाली उत्पादनलाई विशिष्ट प्रशोधन, गुणस्तरीय परीक्षण, आधुनिक प्याकेजिङ तथा प्रभावकारी बजारीकरणमार्फत विश्वबजारमा पुर्‍याउन सूर्य नेपालअन्तर्गतको ‘हिमालयन ट्रेजर’ ब्रान्डको भूमिकाको प्रशंसा गरेका छन् ।