२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

अ+ अ-

गोरखा । चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ । पर्यटक बोकेको जीप बुधबार नाग्चेतबाट बुढीगण्डकी नदी पारीको सो क्षेत्रमा पुगेको हो ।

बेनिघाट आरुघाट लार्के सडकअन्तर्गत नाग्चेत हुँदै पाङसिङसम्म मोटर चल्छ । तर मोटरेवल पुल अभावमा नाग्चेत पारी रहेको फिलिममा भने गाडी पुग्न सकेको थिएन । स्थानीय व्यवसायीले बुढीगण्डकीमाथि अस्थायी पुल निर्माण गरेका छन् । नदी किनारबाट फिलिमसम्मको गोरेटो बाटो चौडा गरिएको छ । त्यसैले उक्त क्षेत्रमा मोटर पुग्न सहज भएको हो । चार पाङ्ग्रे सवारीसाधन सहजै आउजाउ हुने गरी अस्थायी पुल निर्माण गरिएको स्थानीय कुमारी गुरुङले बताए । 

“पहिले नाग्चेतमा झरेर झोलुङ्गे पुल हुँदै पैदल आउनुपर्थ्यो”, उनले भने, “अहिले मोटर आउने गरी अस्थायी पुल बनेको छ ।” ह्यूम पाइप र फलाम हालेर बुढीगण्डकी नदीमाथि अस्थायी पुल बनाइएको उनले जानकारी दिए। मोटर पुगेसँगै सुपथ मूल्यमा सामान ढुवानी गर्न पाइने र बिरामीलाई एम्बुलेन्समार्फत स्वास्थ्य संस्थामा लान सहज हुने उनी बताउछन् । अस्थायी पुल भएकाले समस्या समाधानको दीर्घकालीन उपाय भने नभएको गुरुङको भनाइ छ । 

गुरुङ भन्छन्, “यो पुल खोलामा बाढी नआएसम्मका लागि होला, बाढी आयो भने बगाएर लान्छ । पक्की पुल नै आवश्यक छ ।” 

सो ठाउँमा पक्की पुल निर्माणका लागि सर्भे गर्न गत भदौ महिनामा संघको टोली आएको थियो । तर नाग्चेतपारी बुढीगण्डकी किनारदेखि फिलिमसम्म सडक सञ्जाल नजोडिएकाले काम अघि बढ्न सकेको छैन । 

सडक ट्रयाक खोल्नका लागि पालिकाले बजेट विनियोजन गर्दै आई स्वीकृत गरेर राष्ट्रिय निकुञ्ज विभागमा पठाइसकेको छ । निकुञ्जबाट वन मन्त्रालयमा फाइल अघि बढेपनि कुनै निर्णय आएको छैन । सोही कारण काम अघि बढाउन नसकिएको पालिका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए।

‘नदी किनारदेखि फिलिमसम्मको ४.५ किलोमिटर सडक ट्रयाक खोल्ने तयारी छ”, अधिकृत लामिछानेले भने । सडक ट्रयाक नभएकै कारण बुढीगण्डकी नदीमाथि मोटरेवल पुल निर्माणको काम अघि बढ्न नसकेको उनको भनाइ छ । पालिकाले सडक ट्रयाक खोल्न रु एक करोड २५ लाख विनियोजन गरेको छ ।