काठमाडौं । बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारमा प्रतिभा रावल मन्त्री बन्ने सम्भावना देखिएको छ ।
उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिने तयारी भइरहेको सिंहदरबार स्रोतले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सहप्रवक्ता रावल समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।







