२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी वैशाख २ गतेदेखि आर्थिक गणना सुरु हुने 

अ+ अ-

काठमाडौँ । आगामी वैशाख २ गतेदेखि आर्थिक गणना सुरु हुने भएको छ । जिल्ला आर्थिक गणना कार्यालय चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त गणनाका लागि एक सय १७ गणकले काम गर्ने जानकारी दिइएको छ । 

कार्यालयका प्रमुख रेणुकुमारी घिमिरेले १७ जना सुपरिवेक्षकसहित एक सय १७ जना गणक जिल्लामा खटाइने जानकारी दिएका छन् । उनले असार ७ गतेसम्म जिल्लाका सातै पालिकामा स्थानीय गणकहरू नियुक्ति गरिसक्ने र त्यसरी खटिने गणकलाई आफ्नो सही सूचना प्रवाह गर्न आग्रह गरे । 

अठार वटा उद्योग समूहका आर्थिक एकाइहरूलाई समेटेर १३ वटा खण्डमा प्रश्नावली तयार गरिएको घिमिरेले जानकारी दिए । 

आर्थिक गणना, २०७५ अनुसार चितवनमा २९ हजार २३७ उद्योग रहेको पाइएका छन्, जसमा १७ हजार ४५ उद्योग दर्ता भएको र १२ हजार १८४ उद्योग दर्ता नभएको पाइएको छ । 

कार्यालयका प्रमुख घिमिरेले जिल्लाका ६२ दशमलव ६२ प्रतिशत उद्योग पुरुषहरूको स्वामित्वमा रहेका र ३७ दशमलव ३८ प्रतिशत उद्योग महिला व्यवस्थापक भएर काम गरेको जानकारी दिए। 

गणनाका क्रममा कृषि क्षेत्रका केही क्षेत्रबाहेक अन्य क्षेत्रको गणना गरिने छ । आर्थिक गणनाले अर्थतन्त्रलाई व्यवस्थापन गर्न सहज बनाउने विश्वास गरिएको छ ।