२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिमेल ठेगाना परिवर्तन गर्न मिल्ने सुविधा सार्वजनिक

अ+ अ-

काठमाडौँ । गुगलले इमेल सेवासम्बन्धी नयाँ सुविधा सार्वजनिक गर्दै प्रयोगकर्तालाई आफ्नै जिमेल ठेगाना परिवर्तन गर्ने विकल्प उपलब्ध गराएको जनाएको छ। यस सुविधामार्फत प्रयोगकर्ताले पुरानो खाता बन्द नगरीकनै नयाँ प्रयोगकर्ता नाम अपनाउन सक्नेछन्।

कम्पनीका अनुसार नयाँ व्यवस्था लागू भएपछि इमेल, डाटा तथा खातासँग सम्बन्धित सम्पूर्ण इतिहास सुरक्षित रहँदै ठेगाना परिवर्तन गर्न सकिनेछ। यसले नयाँ खाता सिर्जना गर्नुपर्ने झन्झट हटाउने अपेक्षा गरिएको छ।

उक्त फिचरको औपचारिक जानकारी कम्पनीले भिडियो सन्देशमार्फत सार्वजनिक गरेको हो। भिडियोमा प्रस्तुत विवरणअनुसार प्रयोगकर्ताले आफ्नो पुरानो इमेल ठेगाना परिवर्तन गर्न चाहेमा प्रत्यक्ष रूपमा युजरनेम अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ।

सन् २००४ मा जीमेल सेवा सुरु हुँदा धेरै प्रयोगकर्ताले व्यक्तिगत वा अस्थायी प्रयोजनका लागि बनाएका इमेल ठेगानाहरू समयसँगै व्यावसायिक सन्दर्भमा असहज बन्दै गएका थिए। सोही पृष्ठभूमिमा प्रयोगकर्ताको आवश्यकता सम्बोधन गर्न कम्पनीले उक्त सुविधा ल्याएको जनाएको छ।