२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठ दिनपछि खुल्यो वडा कार्यालयको तालाबन्दी

अ+ अ-

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ नम्बर वडा कार्यालयको ताला आठ दिनपछि खुलेको छ ।

गत साता वडाका स्थानीयले सडक निर्माण, ढल निकास र खानेपानीलगायतका माग राखेर वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।

 बुधबार स्थानीय र वडा कार्यालयबीच स्थानीयका माग सम्बोधन गर्ने सहमति भएपछि वडा कार्यालयको ताला खुलेको वडा सदस्य मीना कुँवरले जानकारी दिइन् । “वडाका एक सातादेखि तालाबन्दी हुँदा सेवाग्राही समस्यामा परेका थिए”, उनले भनिन्, “स्थानीयका जायज माग सम्बोधन गर्ने सहमति गरेर वडाको सेवा सञ्चालन भएको छ ।”

कार्यालय बन्द हुँदा दैनिक रूपमा आवश्यक पर्ने सिफारिस, प्रमाणपत्र, जन्म दर्तालगायतका काम पूर्ण रूपमा बन्द हुँदा सेवाग्राहीले दु:ख पाएको यहाँका स्थानीय डबलबहादुर सिंहले बताए । 

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले नागरिकका माग सम्बोधन भएर प्रक्रिया अघि बढिसकेको जानकारी दिए । “उनीहरूले सडक निमार्णको माग गरेका थिए । पालिकाबाट उक्त माग सम्बोधन भएर प्रक्रिया अघि बढिसकेको छ”, उनले भने“पालिकाबाट सम्भव नभएका योजना प्रदेशको बजेटबाट पूरा गर्छौँ ।”