काठमाडौँ। नेकपा एमालेकी समर्थक अमिशा पराजुलीले सामाजिक सञ्जालमा व्यक्तिगत चरित्र हत्या गर्ने र धम्की दिने व्यक्तिहरूविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा प्रदर्शनमा सहभागी भएकी उनको भिडियो र फोटो सामाजिक सञ्जालमा दुरुपयोग गर्दै ट्रोलिङ, अपमानजनक टिप्पणी र बलात्कारसम्बन्धी धम्की दिइएको उजुरीमा उल्लेख गरिएको छ।
उनले उजुरी मार्फत दोषीमाथि कडा कारबाहीको माग पनि गरेकी छन्।







