काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले आज एक सूचना जारी गरी उपसचिव पदको लिखित परीक्षामा १७ उम्मेदवार उर्तिण भएको जनाएको हो ।
आयोगले विज्ञापन नं १७१७९/०८२-८३ (आ.ज.), र विज्ञापन नं १७१७८/०८२-८३ (आ.प्र.), इञ्जि. सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
यस्तै विज्ञापन नं १७१७७/०८२-८३ (आ.ज.), तथा विज्ञापन नं १७१७६/०८२/८३ (आ.प्र.), इञ्जि. सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा पनि प्रकाशन गरिएको आयोगले जनाएको छ ।











