२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे पुल निर्माण गर्न धरानबाट ५० जना श्रमदाताको टोली तयार गर्न उर्दी !

अ+ अ-

काठमाडौँ । सांसद हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे पुल निर्माणका लागि श्रमदान अभियान सुरु गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आह्वान गर्दै धरानबाट ५० जना श्रमदाताको टोली तयार गर्न उर्दी जारी गरेका हुन्।

धरान उपमहानगरपालिकाका पूर्वप्रमुख रहेका साम्पाङले सार्वजनिक गरेको सन्देशमा बोलेपछि काम गरेरै छाड्नुपर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै जीवनलाई प्रतिज्ञा र परीक्षा दुवैको रूपमा व्याख्या गरेका छन्। दार्चुलामा तुइन विस्थापन गरी सुरक्षित आवागमन सुनिश्चित गर्न श्रमदानमार्फत झोलुंगे पुल निर्माण गर्ने योजना अघि सारिएको उनले उल्लेख गरेका छन्।

उनले उक्त अभियानमा सहभागी हुने श्रमदाताका लागि बस सेवा नि:शुल्क उपलब्ध गराइने जानकारी दिएका छन्। खानाको व्यवस्था भने श्रमदाताबीच बाँडी चुँडी गर्ने र श्रम तथा कठिनाइ साझा रूपमा वहन गर्ने उनको भनाइ छ।

साम्पाङले सहभागीहरूलाई आफ्ना लुगा–कपडा आफैँ बोकेर आउन तथा आवश्यक औजार समेत साथमा ल्याउन आग्रह गरेका छन्।