काठमाडौँ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डामा सञ्चालित दुई दिने “केन्द्रीय तहका प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदार समन्वयात्मक बैठक-२०८२” आज प्रधान सेनापति महारथी अशोक राज सिग्देलले समापन गरेका छन् ।

नेपाली सेनाका फर्मेशन तथा युनिटहरूको संस्कृति, परम्परा, रीतिरिवाज तथा अनुशासन कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदारहरूबाट बैठकमा कार्यसम्पादनका क्रममा नीतिगत, व्यवहारिक एवं कल्याणकारी कार्यसम्बन्धी देखिएका चुनौतीहरू तथा सुधारका लागि आवश्यक सुझावहरू प्रस्तुत गर्दै छलफल गरिएको थियो ।
हिजो चैत्र १९ गते बलाध्यक्ष रथी प्रदीप जंग के.सी.ले उद्घाटन गरेको उक्त बैठकको समापन कार्यक्रममा रथीवृन्द, अधिकृत तथा बैठकमा सहभागी ९० जना प्रमुख सुबेदार र ज्येष्ठ सुबेदारहरूको उपस्थिति रहेको थियो ।







