काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट राष्ट्रिय सभा सदस्य लीला भण्डारीलाई चयन गर्ने निर्णय भएको छ ।
सभामा प्रतिनिधित्व गरेका दलहरूबीचको सहमतिमा दलगत रूपमा एमालेलाई उपाध्यक्ष दिने सहमति भएको सो दलकी सांसद रामकुमारी झाँक्रीले बताइन् ।







