काठमाडौं । कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण मन्त्री गीता चौधरीले हिमनदी पग्लिने, बेमौसमी वर्षा, बाढीपहिरो र खडेरीजस्ता समस्याले जनजीवन र विकास प्रक्रियामा गम्भीर अवरोध सिर्जना गरेको बताएकी छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘जलवायु परिवर्तन केवल वातावरणीय समस्या मात्र होइन । यो आर्थिक, सामाजिक, मानव अधिकारसँग प्रत्यक्ष जोडिएको विषय बनेको छ ।’
नेपालजस्तो न्युन कार्बन उत्सर्जन गर्ने देशले पनि जलवायु परिवर्तनका असरहरू अत्याधिक भोग्नु परिरहेको उनको भनाई छ ।
जलवायु परिवर्तन वातावरणीय समस्या मात्र नभएर आर्थिक र सामाजिक संकटको रूपमा देखा परेको बताएकी छन् । यो संकट समाधानका लागि सबै क्षेत्रको सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ ।







