२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक बिदाको दिन पनि ‘एक्सप्रेस वे’ मार्फत सेवा दिइने

अ+ अ-

काठमाडौँ। हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु जाँच पासका लागि ‘एक्सप्रेस वे’ प्रयोग गरिने भएको छ।

हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, नागरिक उड्डयन प्राधिकरणलगायतका निकायको समन्वयमा हुलाकबाट हुने कुरियरका लागि ‘एक्सप्रेस वे’ प्रयोग गर्ने व्यवस्था मिलाइएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले जानकारी दिए।

“हुलाक वस्तु द्रुतमार्गबाट जाँदा बढी सुरक्षित र भरपर्दो हुन्छ । हामीले यसका लागि लामो समयदेखि प्रयास गरिरहेका थियौँ । पछिल्लो समय मन्त्रालयबाट पनि चासो र निर्देशन आएपछि यो कार्यान्वयन प्रक्रिया अघि बढेको हो”, उनले भने।

महानिर्देशक पङ्गेनीका अनुसार अब हुलाक कुरियरका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डेडिकेटेड’ जाँच पास प्रणाली बनाइनेछ ।

त्यस्तै, सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान पठाउने र विदेशबाट आयात भएको सामान छुटाउन सकिने व्यवस्था मिलाइएको उनले बताए । गोश्वारा हुलाक कार्यालय डिल्लीबजारले यसअघि समेत सार्वजनिक बिदाको दिन सेवा दिँदै आएको भए पनि त्यहाँस्थित भन्सार कार्यालय र बैंक नखुल्दा भन्सार जाँचपासमा समस्या हुने गरेको थियो ।

अन्तरनिकाय समन्वय अभावमा सेवा प्रभावित भइरहेकोबारे गुनासो आउन थालेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत चासो देखाएको थियो । सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले भन्सार विभागसँग समन्वय गरेर सार्वजनिक बिदाको दिन पनि सजिलै सेवा दिन सकिने व्यवस्था मिलाउन प्रक्रिया थालेको हो ।

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले सार्वजनिक बिदामा पनि हुलाक वस्तु जाँच पासका लागि कार्यालयलाई निर्देशन दिइसकेको बताए। सञ्चार मन्त्रालयको निर्देशनपछि हुलाक सेवा विभागले भन्सार विभागलाई पत्राचार गर्दै सार्वजनिक बिदाको दिन पनि गोश्वारा हुलाक कार्यालयस्थित भन्सारमार्फत सेवा प्रवाहका लागि आग्रह गरेको थियो । सोहीअनुसार भन्सार विभागले निर्देशन दिइसकेको महानिर्देशक भण्डारीले बताए ।

पछिल्लो समय हुलाकमार्फत कुरियर गर्नेक्रम बढ्दो छ । नेपालबाट विदेश पठाइने र विदेशबाट नेपाल आउने वस्तुलाई चाँडो, सुरक्षित र भरपर्दो बनाउन विभागले निरन्तर सुधारका काम गरिरहेको महानिर्देशक पङ्गेनीको भनाइ छ ।

गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट गत फागुन महिनामा मात्र १९ हजार २०० भन्दा बढी पुलिन्दा, पार्सल, साना प्याकेट, साधारण चिठ्ठी, रजिस्ट्री चिठ्ठी, बुक पोस्टलगायत वस्तु विदेशबाट आएका थिए ।

त्यस्तै निर्यात भएका यस्ता वस्तुको सङ्ख्या ११ हजार ७०० हाराहारी छ । जसबाट २९ लाख चार हजार हाराहारी भन्सार राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

हुलाकबाट हुने कुरियर सेवाका लागि द्रुतमार्ग सञ्चालन गर्ने तथा सार्वजनिक बिदाको दिन कार्यालय सञ्चालन गर्दा नागरिकले सहज सेवा पाउनेमात्र नभई कार्यालयको व्यवसाय र नतिजा प्राप्ति दुवैमा सकारात्मक प्रभाव देखिने अपेक्षा गरिएको छ ।