काठमाडौँ। पूर्वमिस नेपाल उषा खड्गीले आफ्ना पूर्वपति जिपी तिमल्सिनाविरुद्ध जिल्ला प्रहरी परिसर भक्तपुरमा जाहेरी पेश गरेकी छन्।
उषाले केही दिनअघि सामाजिक सञ्जालमार्फत घरबाट निस्किन दबाब दिइएको र बारम्बार झगडा भएको गुनासो व्यक्त गरेकी थिइन्।
उनी र उनका पूर्वपति एउटै घरको दुई तल्लामा बस्दै आएका थिए। यस विषयमा उनले विगतमा करिब २० पटक महिला सेल भक्तपुरमा उजुरी दिएको भए पनि समस्या समाधान नभएको जानकारी सामाजिक सञ्जालमार्फत दिइन्।
प्रहरीले जाहेरी लिए पनि हालसम्म दर्ता गरिएको छैन। प्रहरीले दुवै पक्षबीच मिलापत्रका लागि प्रयास गरिरहेको छ। उषाले आफ्नो फेसबुक स्ट्याटसमा भक्तपुर प्रहरीको सक्रियताप्रति आभार व्यक्त गरेकी छन्।







