काठमाडौँ । लोक सेवा आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जनाएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तह ४, खुला तथा समावेशी तर्फका विभिन्न (वि. नं.,सेवा/समूह र पद) को लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।











