२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा १० प्रतिशतले बढ्यो गरिबी

अ+ अ-

दोधारा चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले चिन्ता व्यक्त गरेको छ । 

दोस्रो पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने चरणमा रहेको प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालु आवमा गरिबी बढेको बताएको हो ।

प्रदेश नीति तथा योजना आयोगले अहिले सुदूरपश्चिमका विभिन्न स्थानीय तहमा पुगेर दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि छलफल गरिरहेको छ । 

आव २०७७/७८ मा पहिलो पञ्चवर्षीय योजना बनाउँदा सुदूरपश्चिमको गरिबी २४.६ प्रतिशत रहेकामा त्यो बढेर ३४.१६ पुगेको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा निर्माणका विज्ञ सदस्य डा हेमराज लामिछानेले बताए । अछाममा सबैभन्दा बढी गरिबी ४९.५८ प्रतिशत छ । 

रोजगारी सृजना र सीप विकास, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा पहुँच, कृषि र ग्रामीण अर्थतन्त्रको सुदृढीकरण, सामाजिक सुरक्षा र लक्षित कार्यक्रम र सुशासन र प्रभावकारी कार्यान्वयनलाई दोस्रो योजनाले जोड दिएको उनले बताए । 

“यो योजनामा आत्मनिर्भर समुन्नत सुन्दर सुदूरपश्चिम दीर्घकालीन सोचका साथ योजना तयार पारिएको छ । उत्पादन र उत्पादकत्व वृद्धि गरी गरिबी निवारण, रोजगारी सृजना तथा आयस्तरमा सुधार गर्नु दोस्रो पञ्चवर्षीय योजनाको उद्देश्य छ”, विज्ञ सदस्य लामिछानेले भने, “गुणस्तरीय, सहज र दिगो पूर्वाधार विकास, स्वस्थ, सक्षम र सम्मानजनक जीवनयापन सुनिश्चित गर्ने उद्देश्य छ ।” 

प्रदेश सरकारले  जलवायु अनुकूलन, जैविक विविधताको संरक्षण, संवर्द्धन र प्राकृतिक स्रोतको दिगो उपयोग, सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउनुका साथै विपद् जोखिम न्यूनीकरण र प्रविधिमैत्री प्रदेशको विकासलाई योजनामा समेटेको  छ । कृषि, पशुपालन, साना उद्योग र पर्यटनको विकासबाट स्थानीयको आयस्तर सुधार गर्ने योजनालाई प्राथमिकतामा राखिएको छ ।