२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेश सभाको रिक्त सभामुख पदमा चार दलको दाबी

अ+ अ-

काठमाडौँ । बागमती प्रदेश सभामा सभामुख पदको चयन प्रक्रिया सुरु भएको छ । बागमती प्रदेश सभाका सभामुख पद भुवनकुमार पाठकले जेनजी आन्दोलन लगत्तै गत असोज १ गते पदबाट राजीनामा दिएपछि रिक्त छ ।

रिक्त सभामुख पदका लागि सत्तारुढ र प्रतिपक्ष दलले दाबी गरेका छन् । बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संयुक्त बैठकमा सभामुखमा आ-आफ्नो दलले पाउनुपर्ने दाबी गरेका हुन् ।

प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले आफ्नो पार्टीले सभामुख पाउनुपर्ने दाबी गर्नु स्वाभाविक भएको काँग्रेस बागमती प्रदेशसभा संसदीय दलका सचेतक पुकार महर्जनले बताए ।

‘नेकपा एमालेले पनि सभामुख हामीलाई चाहियो भनिरहेको छ, हामीले सत्तारुढ दलको बीचमा सहमति कायम गरेर अघि बढ्न चाहिरहेका छौँ’, उनले भने, ‘ठूलो दलको नाताले काँग्रेसलाई सभामुख दिनुपर्छ भन्ने हाम्रो अडान छ ।’

तर सत्तारुढ दलबीच सहमति गरेर अघि बढ्ने कुरामा हामी एक ढिक्का रहेको उनले बताए ।

यता अर्को सत्तारुढ दल नेकपा एमालेले काँग्रेसको मुख्यमन्त्री भएकाले सभामुख आफ्नो दलले पाउनुपर्ने दाबी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले काँग्रेसबाट मुख्यमन्त्री भएकाले सभामुखमा आफ्नो दलको दाबी रहेको बताउँदै त्यसमा दुई दलबीच कुनै विवाद नरहेको बताए ।

सरकार र सदनबीच सन्तुलन कायम राख्न प्रमुख प्रतिपक्ष दलको हैसियतले आफ्नो पार्टीले सभामुख पाउनुपर्ने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता शालिकराम जम्कट्टेलले बताए ।

सभामुखमा आफ्नो दलको दाबी रहेको बताउँदै नेता जम्कट्टेलले सत्तापक्षबीच सहमति नभए आफ्नो दलले सभामुखमा उम्मेदवारी दिने बताए ।

‘हामीले सत्तारुढ दललाई तपाईँहरू सरकार चलाउनुस्, सदनको नेतृत्व हामीलाई दिनुस् भनिरहेका छौँ’, उनले भने ।

शक्ति सन्तुलनका लागि प्रतिपक्षको दाबी स्वाभाविक भएको उनले बताए । उनले अगाडि भने, ‘यसले एउटा राम्रो सन्देश जान्छ । सत्तारुढ दलबीच कुरा मिल्यो भन्ने ठिकै छ, नत्र हामीले उम्मेदवारी दिन्छौँ ।’

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले पनि सभामुखमा दाबी गरेको छ । राप्रपा संसदीय दलका नेता उद्धव थापाले आफ्ना पार्टीबाट सभामुख हुनुभएका पाठकले राजीनामा दिएकाले पुनः सभामुख आफ्नो दलले पाउनुपर्ने बताए ।

हिजोदेखि सुरु भएको बागमती प्रदेश सभाको १७ औँ अधिवेशनमा सभामुख चयन प्रक्रिया सुरु भएको छ । सभामुख चयन प्रक्रिया सुरु भएसँगै १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

१०४ सदस्यीय बागमती प्रदेश सभामा काँग्रेसको ३५, एमालेका २५, नेकपाको २६, राप्रपाको १३, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेश सभा सदस्य छन् ।