२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४० माइक्रोन मुनिका प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध, नयाँ निर्देशिका जारी

अ+ अ-

काठमाडौँ। सरकारले प्लास्टिक झोलाको अनियन्त्रित प्रयोग रोक्न र वातावरण संरक्षण सुदृढ पार्न ‘प्लास्टिक झोला (नियमन तथा नियन्त्रण) निर्देशिका २०८२’ कार्यान्वयनमा ल्याएको छ।

वातावरण संरक्षण ऐन २०७६ को दफा ४५ अन्तर्गत जारी गरिएको यस निर्देशिकाले ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोला उत्पादन, आयात, भण्डारण, बिक्री वितरण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दर्ता भई लागू गरिएको निर्देशिकाले झोलाको गुणस्तर निर्धारण गर्दै उत्पादक, आयातकर्ता, विक्रेता र प्रयोगकर्ताको दायित्व स्पष्ट गरेको छ।

निर्देशिकाले प्लास्टिक झोलाको आकार र मोटाइमा पनि कडाइ गरेको छ। अबदेखि ७ इन्च चौडाइ र १४ इन्च लम्बाइ वा त्यसभन्दा ठूलो आकारका प्लास्टिक झोला मात्र उत्पादन, आयात र बिक्री गर्न पाइने व्यवस्था गरिएको छ।

फोहोर व्यवस्थापनका लागि प्रयोग हुने गार्बेज झोलाका हकमा भने १४ इन्च चौडाइ र २८ इन्च लम्बाइ वा त्यसभन्दा ठूलो आकारको मात्र अनुमति दिइएको छ। गार्बेज झोला बनाउन भर्जिन प्लास्टिक ग्र्यानुल्स र स्वदेशमै उत्पादित रिसाइकल्ड ग्र्यानुल्स दुवै प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

निर्देशिकाले प्रत्येक झोलामा पारदर्शिता कायम गर्न उत्पादकको विवरण अनिवार्य राख्ने कडा सर्त राखेको छ। झोलाको बाहिरी भागमा १८-२० फन्ट साइजमा मसी प्रयोग गरी उत्पादन कम्पनी वा उद्योगको नाम, ठेगाना, रिसाइकल लोगो, झोलाको मोटाइ र आकारको विवरण स्पष्ट रूपमा छाप्नुपर्ने व्यवस्था गरिएको छ।

साथै, गार्बेज झोलामा अनिवार्य रूपमा ‘फोहोर संकलनका लागि मात्र’ भनेर लेखिनुपर्ने व्यवस्था समेत निर्देशिकामा उल्लेख गरिएको छ।