२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुन’ आग्रह

अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र परिवारका सदस्यविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु भएको भन्ने विषयमा स्पष्टीकरण दिएका छन्।सामाजिक सञ्जालमार्फत उक्त जानकारी थाहा पाएको उल्लेख गर्दै उनले यससम्बन्धी प्रचारप्रसार भ्रामक र आधारहीन रहेको बताएका छन्।

देउवाले प्रचलित कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित निकायमा पेश गरिएको जनाएका छन्। लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शितामा आधारित प्रणालीप्रति आफ्नो निरन्तर प्रतिबद्धता रहेको उल्लेख गर्दै राज्यका अंगहरू स्वतन्त्र र सक्षम हुनुपर्ने धारणा उनले राखेका छन्।

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका क्षेत्रमा आफ्नो भूमिका स्मरण गर्दै उनले गृहमन्त्री हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ ल्याउन अग्रसर भएको तथा प्रधानमन्त्रीका रूपमा भ्रष्टाचार निवारण ऐन २०५९ कार्यान्वयनमा ल्याइएको उल्लेख गरेका छन्।

हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको जानकारी दिँदै देउवाले वास्तविकता समयक्रमसँगै स्पष्ट हुँदै जाने बताएका छन्। उनले अतिरञ्जित विवरणका आधारमा भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।