काठमाडौँ । सागर लम्साल (बले) लाई हाजिरी जमानीमा रिहा गरिएको छ।
उनीमाथि लागेको यौन दुर्व्यवहारसम्बन्धी आरोपको अनुसन्धानका क्रममा चैत २१ गते काठमाडौँको बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको थियो। प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएकोमा आज उनलाई हाजिरी जमानीमा छाडिएको हो।
विदेशमा बसोबास गर्दै आएकी एक युवतीले गत साता सामाजिक सञ्जालमार्फत उनीविरुद्ध अमेरिकामा घटना भएको दाबीसहित आरोप सार्वजनिक गरेकी थिइन्। सोही आधारमा प्रारम्भिक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको थियो।







