काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनीसँग विभिन्न स्थानमा घर तथा अपार्टमेन्ट स्वामित्वमा रहेका छन्।
विवरणमा ललितपुरको सानेपामा करिब २ करोड रुपैयाँ मूल्यको अपार्टमेन्ट, ललितपुरमै करिब ५ करोड रुपैयाँ मूल्यको घर, काभ्रेमा करिब ३ करोड ७५ लाख रुपैयाँ मूल्यको अपार्टमेन्ट तथा तनहुँमा करिब २ करोड रुपैयाँ मूल्यको घर रहेको उल्लेख गरिएको छ।
सम्पत्तिको स्रोतका रूपमा उनले अन्तर्राष्ट्रिय रोजगारीबाट भएको आम्दानी, निजी निवास बिक्री, बैंक ऋण तथा व्यक्तिगत सापटी उल्लेख गरेका छन्।
उक्त विवरणअनुसार वाग्लेको बैंक मौज्दात करिब १ करोड ९० लाख रुपैयाँ रहेको जनाइएको छ।







