२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री गुरुङको शेयर लगानी ४.३१ करोड

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार गृहमन्त्री सुधन गुरुङको शेयर बजारमा कुल ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको लगानी रहेको देखिएको छ।

विवरणअनुसार गुरुङले विभिन्न कम्पनीमा साधारण शेयर राखेका छन्। होप होल्डिङ्स प्रालिमा ३० हजार थान शेयर रहेको र त्यसको मूल्य ३० लाख रुपैयाँ उल्लेख गरिएको छ। लगुम प्रिमियम अपार्टमेन्ट प्रालिमा ५ हजार ७ सय थान शेयर रहेको छ, जसको मूल्य ५७ लाख रुपैयाँ रहेको जनाइएको छ।

त्यसैगरी, एड्भेन्चर भिल्ला प्रालिमा ७० हजार थान शेयर रहेको र यसको मूल्य ७० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

यस बाहेक उनले ‘धितोपत्र बजारमा कारोबार हुने शेयरहरू’ शीर्षकअन्तर्गत एकमुष्ट रूपमा २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको लगानी रहेको उल्लेख गरेका छन्।

सम्पत्तिको स्रोतका रूपमा उनले व्यावसायिक तथा पैत्रिक आम्दानी उल्लेख गरेका छन्।