२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस कार्यसम्पादन समिति बैठक आह्वान, संसदीय दल नेता चयन मुख्य एजेन्डा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले कार्यसम्पादन समितिको बैठक वैशाख २ गते (बुधबार) बस्ने निर्णय गरेको छ। पार्टीका अनुसार बैठक दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठकको मुख्य एजेन्डा वैशाख ४ गतेका लागि तय गरिएको संसदीय दलको नेता चयन प्रक्रियासम्बन्धी छलफल रहनेछ। उक्त पदका लागि अर्जुनरसिंह केसी, भीष्म आङ्देम्बे, मोहन आचार्य र जनकराज गिरी लगायत नेताहरू आकांक्षी रूपमा देखिएका छन्। साथै, केही समूहले नयाँ पुस्ताबाट नेतृत्व चयन हुनुपर्ने धारणा राख्दै निस्कल राईको नामसमेत अघि सारेका छन्।

शीर्ष तहका नेताहरूबीच सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने विषयमा आन्तरिक छलफल भइरहेको जनाइएको छ।

यसका अतिरिक्त बैठकमा क्रियाशील सदस्यता अद्यावधिक, ‘जरामा जाऔँ’ अभियानलगायत संगठनात्मक विषयमा पनि छलफल हुने कार्यक्रम रहेको छ। पार्टीले नयाँ वर्षको पहिलो दिनदेखि देशभर क्रियाशील सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्ने तथा त्यससँगै नेताहरूलाई खटाएर एक महिने ‘जरामा जाऔँ’ अभियान अघि बढाउने तयारी गरेको छ।

उक्त बैठकले संसदीय दलको नेतृत्व चयनसँगै संगठनात्मक गतिविधिको आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।