२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो

अ+ अ-

चितवन । अण्डको उत्पादनमा कमी र माग बढे पछि मूल्य बढेको छ । लेयर्स कुखुरापालक संघले फार्महरुको मूल्यलाई आधार बनाएर आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो ।

बढेको मूल्यअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य रु ४६५ पुगेको छ । यसअघि प्रतिक्रेट रु ४५० मा बिक्री गरिएको ठूलो अण्डाको मूल्य रु १५ ले बढेको हो । यस्तै मझौला अण्डाको फार्म मूल्य रु ४१५ कायम गरिएको छ । यसअघि यो अण्डा रु ४०० मा बिक्री हुँदै आएको थियो ।

गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो । तत्कालीन समयमा फार्ममा ठूलो अण्डा रु ५६५ प्रतिक्रेटमा बिक्री भएको थियो । मझौलाको रेट रु ५५० थियो । संघका अध्यक्ष विनोद पोखरेलका अनुसार कुखुरामा देखिएको रोग र बढ्दै गएको गर्मीका कारण उत्पादनमा कमी आएको छ ।

नयाँ वर्षको पूर्वसन्ध्यादेखिनै भएको पर्यटकीय चहलपहल र गतिविधि बढेका कारण अण्डाको माग बढेको छ । सीमा क्षेत्रमा कडाइ गरिएकाले बाहिरबाट अण्डा आउने क्रम घटेको छ । यिनै कारणले अण्डाको माग बढेको र उत्पादन घटेकाले मूल्य बढेको हो । यद्यपि लागत मूल्यमा पुग्न सकेको छैन ।

अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा रु १९ दशमलव १२ पर्न आउँछ । यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट रु ५७४ पर्न आउँछ । लागत मूल्य नजिक पुगेको अवस्थामा पुन: अण्डाको मूल्य घटेपछि किसान निरास बनेका छन् । मूल्य बढ्ने आशमा किसान रहेका छन् ।

संघले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तय गर्दै आएको छ । अध्यक्ष पोखरेलले अब अण्डाको मूल्य बढेर लागत मूल्यसम्म पुग्ने अपेक्षा गरिएको बताए।

0 Comments