२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित

अ+ अ-

महेन्द्रनगर । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र आपूर्तिमा देखिएको समस्याका कारण सुदूरपश्चिम ठूला विकास आयोजनाको काम प्रभावित बनेका छन् ।

निर्माण व्यवसायीहरूले आफूसित मौज्दात रहेको इन्धनबाट काम गरिरहेको भए पनि इन्धनमा भएको मूल्य वृद्धि र अभावका कारण आयोजनालाई अगाडि बढाउन समस्यामा परेका बताइएको छ । यहाँको सेती राजमार्ग दक्षिण खण्ड (टीकापुर–लोडे–चैनपुर–ताक्लाकोट सडक आयोजना)को काम बन्द हुने अवस्थामा पुगेको आयोजना प्रमुख रामकुमार देवले बताए।

“निर्माण व्यवसायीसित भएको मौज्दात इन्धन सकियो अब काम रोकिने अवस्थामा गइसक्यो”, उनले भने, “ट्रयाक खोल्न प्रयोग भएका ठूला उपकरण पनि रोकिसके ।” दुई सय चार किलोमिटरका उक्त आयोजना २०७४ सालदेखि सुरु भएको हो । आयोजनाअन्तर्गत ३५ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । हालसम्म कूल दश किलोमिटर खण्ड कालोपत्रे भएको छ । आयोजनाअन्तर्गत डोटी, अछाम र कैलालीमा विभिन्न प्याकेजमा काम भइरहेको आयोजना प्रमुख देवले जानकारी दिए।

“चालु आर्थिक वर्षमा सात किमी कालोपत्रे भयो”, उनले भने, “कालोपत्रे गर्न बिटुमिनको अभाव छ”, चालु आवमा उक्त आयोजनाका लागि सरकारले रु २५ करोड रकम विनियोजन गरेको उनको भनाइ छ”, काम सुस्त भयो । बन्द हुने अवस्था छ । मेसिनरी बन्द हुने अवस्थामा छन्”, उनले भने, “महँगो पनि पाउन गाह्रो पनि भयो ।”

पेट्रोलियम पदार्थ मूल्य वृद्धिपछि निर्माण व्यवसायीहरूले काम गर्न नसकिने जनाउँदै कार्यालयमा निवेदन दिन थालेका छन् । सुदूरपश्चिमकै गौरवको महाकाली सिँचाइ तेस्रो चरण आयोजनासमेत यसको प्रभाव परेको छ । 

 सिँचाइको मूल नहर निर्माणका लागि सात प्याकेजमा ठेक्का सम्झौता भएर काम भइरहेको भए पनि अहिले निर्माण व्यवसायीहरूले कार्यालयमा मूल्यवृद्धिले काम गर्न नसकिने जनाउँदै कार्यालयमा निवेदन दिएको महाकाली सिँचाइ तेस्रो चरण आयोजना कार्यालयका सूचना अधिकारी यादव बरालले जानकारी दिए। 

उनका अनुसार कार्यालयले नदी नियन्त्रणका लागि ठेक्का लगाए पनि तारजालीको मूल्य वृद्धिका कारण काम हुन सकेको छैन । “मूल्यवृद्धिका कारण नदी नियन्त्रणका लागि ठेक्का भएको काम हुनज सकेको छैन, यसले बर्सातमा समस्या पार्छ कि भन्ने डर छ ।” सूचना अधिकारी बरालले भने, “पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएपछि निर्माण व्यवसायीहरूले पनि कार्यालयमा निवेदन दिएका छन ।”

त्यसैगरी महाकाली करिडोरको काम पनि मूल्य वृद्धिको असरको चपेटामा छ । तेह्र वटा प्याकेजमा ठेक्का भई कञ्चनपुरदेखि दार्चुलाको तिंकरसम्मको करिडोरको निर्माण भइरहेको भए पनि पछिल्लो समय निर्माण व्यवसायीले महँगी बढेको जनाउँदै काम गर्न छाडेका छन् ।

महकाली करिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–तिंकर) सडक योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाले इन्धन, बिटुविनलगायतका सामग्रीको भएको मूल्यवृद्धिका कारण करिडोरको काम प्रभावित बनेको बताए । चार सय २५ किलोमिटर खण्डको उक्त करिडोरअन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५६, बैतडीमा १४४ र दार्चुलामा १२० किलोमिटर सडक पर्छ । दार्चुलामा ७९ किलोमिटर सडकको ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । निर्माण व्यवसायीले मूल्यवृद्धि समायोजन नहुँदासम्म काम गर्न नसकिने बताउँदै सरकारलाई मूल्यवृद्धि समायोजनको माग गरेका छन् । 

निर्माण व्यवसायी कञ्चनपुरका अध्यक्ष पुष्पराज अवस्थीले निर्माण व्यवसायीहरूले निर्माण उद्योगमा आपत्काल घोषणाको माग गरिएको बताए। उनले भने, “निर्माण व्यवसायीहरूले घरदेख बेचेर काम गर्नुपर्ने अवस्था आएको छ ।” संघमा आबद्ध कञ्चनपुरका ६०० बढी निर्माण व्यवसायीहरूले बजारमा देखिएको मूल्यवृद्धि र सामग्री अभावका कारण काम गर्न नसकिने बताउँदै निर्माण होलिडेको  तयारी गरिरहेको उनले बताए।  

0 Comments