२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेढ दर्जनभन्दा बढी उपसचिवको सरुवा, सूची गुपचुप

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिब डेढ दर्जन उपसचिवहरूको सरुवा गरेको छ। तीमध्ये करिब एक दर्जनलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ भने बाँकीलाई संघीय मन्त्रालयहरूमा सरुवा गरिएको छ। तर, सरुवा गरिएका उपसचिवहरूको सूची भने सार्वजनिक गरिएको छैन।

सुशासन, पारदर्शिता र निष्पक्षतालाई सरकारको प्रमुख आधार मानिँदै आएका बेला सामान्य प्रशासन मन्त्रालयले भने सरुवासम्बन्धी निर्णय गोप्य राखेको हो। विगतका सरकारहरूमा सरुवाका विषयमा आलोचना खेप्दै आएको मन्त्रालय हाल मन्त्री प्रतिभा रावलको नेतृत्वमा रहेको छ।

प्रारम्भिक चरणमा लोक सेवा आयोगको योग्यताक्रम अनुसार सरुवा गरिएको दाबी गरिए पनि सरुवाहरू पूर्णरुपमा तत्काल तोकिएको मापदण्ड अनुसारसमेत नभएको आरोप लाग्दै आएको छ।

त्यसपछिका सरुवाहरूमासमेत छनोटमुखी प्रवृत्ति देखिएको भन्दै कर्मचारी वृत्तमै असन्तुष्टि बढ्दै जाँदा बुधबार गरिएको सरुवाको सूची नै सार्वजनिक नगरिएको हो।

सिंहदरबारस्थित विशेष स्रोतका अनुसार एक दर्जनभन्दा बढी उपसचिवलाई कर्णाली, सुदूरपश्चिम तथा तराईका विभिन्न स्थानीय तहमा खटाइएको छ भने बाँकीलाई संघीय मन्त्रालयमै व्यवस्थापन गरिएको छ। सूची सार्वजनिक हुँदा निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने आशंकाले वेबसाइटमार्फत विवरण सार्वजनिक नगरिएको हुन सक्ने ती स्रोतको भनाइ छ।

आम नागरिकमा अपेक्षा र भरोसा जगाएको बालेन नेतृत्वको सरकारमै नियमित प्रशासनिक निर्णयसमेत गोप्य राखिँदा कर्मचारी प्रशासनप्रति विभिन्न आशंकाहरू उब्जिएका छन्। साथै प्रधानमन्त्री बालेनकै निर्देशनअनुसार सुशासन र सुधारमा कुनै कसर बाँकी नराख्न जोड दिइरहँदा, करारदेखि दुई वर्ष तथा पाँच वर्ष पुगेका कर्मचारीहरूको विवरण माग भइरहेकै सन्दर्भमा यहाँ भने सरुवा निर्णय नै सार्वजनिक नगरिनुलाई कर्मचारीहरूले विचित्रको रूपमा लिएका छन्।

सुधारलाई संस्थागत गर्ने अवसरका रूपमा हेरिएको वर्तमान परिस्थितिमा सामान्य सरुवाको विवरणसमेत सार्वजनिक नगरिनु उपयुक्त नदेखिएको सरोकारवालाहरूको धारणा छ।

0 Comments