२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधानबारे भ्रम निराधार भएको अर्थमन्त्री वाग्लेको प्रस्टोक्ति, सुधार संवैधानिक प्रक्रियामै हुने दाबी

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान संविधानप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट गर्दै यसको संरचनागत परिवर्तनबारे फैलाइएका चर्चा निराधार भएको बताएका छन् ।

अन्तर–सरकारी वित्त परिषद्को बैठकमा बोल्दै उनले संविधान कार्यान्वयन र आवश्यक परिमार्जन दुवै संवैधानिक दायराभित्रै रहने गरी अघि बढाइने नीति सरकारको रहेको बताए ।

मन्त्री वाग्लेका अनुसार संविधानप्रति सरकारको निष्ठा पूर्ण छ र कुनै पनि असन्तुष्ट विषय समाधान गर्न संविधानले नै निर्धारण गरेका प्रक्रिया तथा धाराहरू प्रयोग गरिनेछ । उनले संविधानलाई बाहिरबाट अस्वीकार गर्ने वा प्रतिस्थापन गर्ने कुनै योजना नरहेको पनि प्रष्ट पारेका छन् ।

उनले संविधान संशोधनका विषयमा उठ्ने टिप्पणीप्रति प्रतिक्रिया दिँदै धारा २७४ ले संशोधन प्रक्रिया स्पष्ट गरेको र धारा २७५ ले आवश्यक परे जनमत सङ्ग्रहजस्ता विकल्पसमेत व्यवस्था गरेको उल्लेख गरे । यिनै संवैधानिक आधारमा आवश्यक सुधार अघि बढाइने उनको भनाइ थियो ।

संघीय संरचना, प्रदेश प्रणाली तथा स्थानीय तहको स्वरूप र क्षमताबारे उठेका प्रश्नहरू पनि संविधानको परिधिभित्रै रहेर समाधान गरिने उनले बताए । संविधानभन्दा बाहिर गएर कुनै पनि संरचनागत परिवर्तन नहुने उनको प्रस्टोक्ति थियो ।

0 Comments