२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उन्नत बीउ उत्पादनमा अनुदान लिन स्थानीय तहलाई कृषि विभागको आह्वान

अ+ अ-

काठमाडौँ । कृषि विभागले उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रममा सहभागी हुन स्थानीय तहलाई आह्वान गरेको छ । विभागले स्थानीय तहले उन्नत बीउ माग तथा बीउ उत्पादकले आपूर्तिको अवस्था तथा विवरण पठाउन यही वैशाख १० गतेसम्म समयसिमा तोकेको हो ।

विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले स्थानीय तहमार्फत उत्पादन हुने उन्नत बीउबिजनको प्रयोगमा मूल्य अनुदानमा सहभागी हुन बीउ उत्पादक तथा सम्बन्धित स्थानीय तहलाई आग्रह गरे । 

कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले विभागद्वारा उन्नत बीउबिजन उत्पादनमा प्रोत्साहनस्वरूप अनुदान उपलब्ध गराइँदै आएको छ । अनुमति प्राप्त स्रोत बीउ उत्पादकका हकमा मोटोरमध्यम प्रकृतिका जातका लागि प्रतिकेजी रु २०, मसिनो प्रकृतिका जातका लागि प्रतिकेजी रु २३ र खुमल शृङ्खलाका जातका हकमा प्रतिकेजी रु ३४ अनुदान रकम उपलब्ध गराउने विभागले जनाएको छ ।

महानिर्देशक सञ्जेलका अनुसार उन्नत बीउ उत्पादकका हकमा मोटोरमध्यम प्रकृतिका जातहरूका लागि प्रतिकेजी रु १७, मसिनो प्रकृतिका जातहरूका लागि प्रतिकेजी रु २२ र खुमल शृङ्खलाका जातहरूका हकमा प्रतिकेजी रु ३० अनुदान रकम उपलब्ध गराइने छ ।

उन्नत बीउ प्रयोगमा किसानलाई अनुदानका हकमा सबै जातका धानमा कार्यविधिबमोजिम तोकिएको मूल्यको ५० प्रतिशत अनुदान उपलब्ध गराउने विभागले जनाएको छ ।

0 Comments