२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिन पूर्वमन्त्री पौडेलको सरकारलाई आग्रह

अ+ अ-

काठमाडौँ । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरका कारण महिलामा हुने अकाल मृत्यु रोक्न सुरु गरिएको कार्यक्रमलाई परिष्कृत रूपमा निरन्तरता दिन सरकारसँग आग्रह गरेका छन् ।

मातातीर्थ औँसीको अवसर पारेर सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले महिलाको स्वास्थ्य समयमै ध्यान नपुग्दा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्यका लागि नि:शुल्क क्यान्सर स्क्रिनिङ कार्यक्रम अघि बढाइएको स्मरण गराएका हुन् । 

उक्त पहल उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा रहँदा सुरु गरिएको बताएका छन् ।

उनका अनुसार महिलामा हुने प्रमुख स्वास्थ्य जोखिममध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख कारण रहेकाले त्यसको नियन्त्रणका लागि विशेष अभियान आवश्यक थियो । 

सोही उद्देश्यअनुसार एचपीभी खोप अभियान तथा नियमित परीक्षण कार्यक्रमलाई राष्ट्रिय योजनामा समेटेर अघि बढाइएको उनले उल्लेख गरेका छन् ।

पूर्वमन्त्री पौडेलले महिलाको जीवन रक्षा र प्रारम्भिक पहिचान प्रणाली सुदृढ बनाउने लक्ष्यसहित सुरु गरिएका यी कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउन वर्तमान सरकारलाई आग्रह गरेका छन् । 

उनले स्वस्थ महिला, सशक्त परिवार र समुन्नत राष्ट्र निर्माणका लागि यस्ता स्वास्थ्य कार्यक्रम निरन्तर प्राथमिकतामा रहनुपर्ने धारणा व्यक्त गरेका छन् ।

0 Comments