काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित कुरिनटार क्षेत्रमा आइतबार साँझ हावाहुन्डरीसँगै तीव्र असिना वर्षा हुँदा स्थानीय स्तरमा क्षति पुगेको छ।
स्थानीय स्रोतका अनुसार करिब साँझ ५ बजेदेखि साढे ५ बजेसम्म चलेको प्रतिकूल मौसमका कारण घर तथा गोठजस्ता संरचनामा क्षति पुगेको छ भने खुला स्थानमा राखिएका सवारीसाधनका सिसा फुटेका छन्।
हावाहुन्डरीका क्रममा रुखका हाँगा भाँचिँदा केही घर टहरा प्रभावित भएका छन्। घटनापछि क्षतिको विस्तृत विवरण संकलनको प्रक्रिया जारी रहेको जनाइएको छ।







