२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई

अ+ अ-

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत् आयोजनालाई पुनः सक्रिय बनाउने सरकारी पहललाई सकारात्मक संकेतका रूपमा मूल्यांकन गरेका छन्।

उनले लामो समयदेखि अनिश्चितता र विभिन्न आशंकाबीच रहेको उक्त राष्ट्रिय गौरवको आयोजना पुनः अघि बढाउन गरिएको प्रयासलाई सुधारको अवसरका रूपमा लिनुपर्ने बताएका छन्। विगतका कमजोरी सच्याउँदै योजनालाई प्रभावकारी रूपमा अगाडि बढाउन सकिने सम्भावना रहेको उनको धारणा छ।

भट्टराईका अनुसार देशको केन्द्रीय भूभागमा अवस्थित यो आयोजना केवल विद्युत् उत्पादन (करिब १२०० मेगावाट) मा सीमित नभई बहुआयामिक आर्थिक रूपान्तरणसँग जोडिएको परियोजनाका रूपमा हेर्नुपर्ने आवश्यकता छ। राजधानी काठमाडौँसहित प्रमुख सहरहरू बीचको रणनीतिक अवस्थिति रहेको कारण यसको प्रभाव ऊर्जा क्षेत्रभन्दा बाहिरसमेत विस्तार हुनसक्ने उनले उल्लेख गरेका छन्।

उनले इतिहासमा आर्थिक रूपान्तरणका निर्णायक चरणहरूमा यस्तै प्रकृतिका ठुला पूर्वाधार परियोजनाहरूलाई प्राथमिकता दिएर कार्यान्वयन गरिएको उदाहरण दिँदै नेपालमा पनि यस्ता पहल आवश्यक रहेको बताएका छन्।

साथै, सम्बन्धित उच्च पदाधिकारीहरूमा उक्त आयोजनाको महत्त्वबारे स्पष्ट समझ विकसित हुने अपेक्षा व्यक्त गर्दै उनले यसलाई सामान्य जलविद्युत् परियोजनाभन्दा फरक, रूपान्तरणकारी योजनाका रूपमा अगाडि बढाउनुपर्ने बताएका छन्।

भट्टराईले परियोजना कार्यान्वयन र व्यवस्थापनका लागि प्राधिकरण संरचनामा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन्। विद्युत् प्राधिकरणअन्तर्गतको साधारण संरचनाभन्दा अलग, छुट्टै कानुनी आधारमा स्थापित अधिकार सम्पन्न निकायमार्फत बहुउद्देश्यीय ढाँचामा सञ्चालन नगरे योजनाले अपेक्षित परिणाम नदिने जोखिम रहने उनले बताएका छन् ।

0 Comments