२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अछाम सरुवा गरिएसँगै ‘जेन जेड’ कर्मचारीको नाममा अभियान चलाउँदै आएका अधिकृत गणेश घिमिरेद्वारा राजीनामा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, सिंहदरबारमा कार्यरत शाखा अधिकृत गणेश घिमिरेले निजामती सेवाबाट राजीनामा दिएका छन्। केही ‘जेन जेड’ कर्मचारीको नेतृत्व गर्दै सार्वजनिक प्रशासन रूपान्तरण अभियान–२०८२ सञ्चालन गर्दै आएका घिमिरेको सरुवा अछाममा भएपछि उनले पद त्याग गरेका हुन्।

घिमिरेले सोमबार आयोगका सचिव दिनेश कुमार घिमिरेसमक्ष हस्तलिखित राजीनामा पत्र बुझाएको जानकारी दिएका छन्। सचिवसमक्ष पेश गरिएको पत्रमा आफू २०६७ सालदेखि निरन्तर रूपमा निजामती सेवामा रही सेवा गर्दै आएको उल्लेख गर्दै उनले हाल नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्र तृतीय श्रेणीको शाखा अधिकृत पदमा कार्यरत रहेको जनाएका छन्।

राजीनामा पत्रमा उनले निजामती सेवा नियमावली, २०५० को नियम १२८ बमोजिम सोमबारदेखि लागू हुने गरी स्वेच्छाले पद त्याग गरेको व्यहोरा उल्लेख गरेका छन्। साथै, हालसम्म विभिन्न निकायमा रही राष्ट्रसेवा गर्ने अवसर प्रदान गरेकोमा नेपाल सरकारप्रति धन्यवाद व्यक्त गरेका छन्।

सार्वजनिक प्रशासन सुधारका नाममा विभिन्न मागहरू अघि सार्दै अभियान चलाइरहेका घिमिरे सरकारको पछिल्लो निर्णयअनुसार स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाई स्थायी रूपमा पदपूर्ति गर्ने प्रक्रियाअन्तर्गत सरुवा हुँदा अछाम पुगेका थिए।

10 Comments

  1. क्स्य्ज says:

    बधाई छ

  2. ।।अत्र्प्त says:

    अभियन्ता भन्ने ले नै ठाउ खालि गरेछन अब कर्मचारीतन्त्र सुधार कसरी होला त? ल शुभकामना ।।

  3. राम थापा says:

    राजिनामा गरेर स्पेस राखिदिनु भएकाेमा धेरै धेरै धन्यवाद हजुर, तपाइलाइ अबकास पछिकाे जीवन सुखमय रहाेस ।।

  4. Rajendra Prasad Dhungana says:

    यीनले आफ्नो स्वार्थका लागि अभियान चलाएका रहेछन्।

  5. गोपी गुरुङ says:

    रज गज चलाउँदै केन्द्रमा मात्रै हैकम चलाउँदै र सुगम ठाउँमा मात्र काम गर्दै आएका हाकिमहरू बल्ल थाह पाउँदै छ।राजीनामा दिए नयाँ युथहरुले मौका पाउँछ।

  6. शिव says:

    एक कार्यकालकाे सरुवामा राजिनामा दिनु पर्ने समस्या के रहछ?

  7. मदन says:

    के अछाम जिल्ला जानै नमिल्ने हो?

  8. upamanyu sharma says:

    फटाहा हरु ! यी सबै उस्तै अवसरवादी हुन्। चोर चोर मौसेरा भाई! रास्वपा ले बाल नदिए पछि आदर्शवादी बन्न खोज्दैछन्।

  9. Phatta oli says:

    सुगम मालदार कार्यलय छोडेर त्यो पनि परको सुदुर दुर्गममा को जावस बरु राजिनामा नै दिने भनेसी कार्यलय ओरिपरी साईड बिज्नेस हुन्सक्छ

  10. एन बी थापा says:

    देखाउने र चपाउने दाँत फरक देखियाे त जे गरे राम्रै गरे, शुभकामना छ सरलाई।

Leave a Reply