२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोजपुर गोल्डकप: एपिएफ र भोजपुर सेमिफाइनलमा

अ+ अ-

टक्सार (भोजपुर) । भोजपुर गोल्डकपअन्तर्गतको सोमबार भएका दुई खेलमा एपिएफ र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सेमिफाइनलको यात्रा तय गरेका छन् । आइतबारदेखि सुरु प्रतियोगितामा आधा खेल सञ्चालन भएपछि हुरीबतास र वर्षात्का कारण स्थगित भएको थियो ।

आइतबारको बाँकी खेलअन्तर्गत सोमबार भएको पहिलो खेलमा एपिएफले मोरङको एलएक्स सिटीलाई ३–२ गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । एपिएफका तर्फबाट विकास तितुङ, मानबहादुर राना र हरि कार्कीले १–१ गोल गरेका थिए । त्यस्तै एलएक्स सिटीका लागि विशाल तामाङ र पुजन चौधरीले १–१ गोल गरे ।

सोमबार भएको दोस्रो खेलमा आयोजक भोजपुर फुटबल संघ २–१ गोलले सङ्खुवा सभा–११ लाई पछि धकेल्दै समिफाइनलमा पुगेको छ । उक्त खेलमा भोजपुरका लागि विनोद राई र मिलन लिम्बूले १–१ गोल गरे भने सङ्खुवा सभाका लागि एक मात्र गोल सूर्य राउतले गरे ।

भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा भोजपुर नगरपालिका–७ कोदारस्थित रंगशालामा नवौँ संस्करणका रूपमा प्रतियोगितामा सुरु भएको हो ।

प्रतियोगितामा एपिएफ क्लब, एलएक्स सिटी मोरङ, आयोजक भोजपुर जिल्ला फुटबल संघ, सङ्खुवा सभा–११, सातदोबाटो युग क्लब ललितपुर, केपिलासगढी गाउँपालिका खोटाङ, प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँ र द गोर्खाज फुटबल क्लब उदयपुर गरी आठवटा टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमश: रु पाँच लाख र रु तीन लाख प्राप्त गर्नेछन् । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

0 Comments